प्रचण्डसहित माओवादी शीर्ष नेताहरू शीतलनिवासमा

 संवाददाता    २०७९, १५ भाद्र बुधबार १५:२४     117 जनाले पढ़िसके



Spread the love

काठमाडौं। माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेताहरूलाई परामर्शका लागि बोलाएपछि अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता शीतलनिवास पुगेका हुन् ।

अध्यक्ष प्रचण्डको सचिवालयलका एक सदस्यका अनुसार अध्यक्षसहितका शीर्ष नेताहरु अहिले शीतलनिवास पुगेको जानकारी दिए ।

राष्ट्रपति भण्डारीले केही समययता नागरिकता विधेयकबारे विभिन्न पार्टी र नागरिक अगुवाहरूसँग परामर्श गर्दै आएकी छन् । उनी आफूले फिर्ता पठाएको विधेयक हुबहु प्रतिनिधि सभाबाट पास गरिएकोमा असन्तुष्ट छन् ।