प्रहरीले मंगलबारको नाच हेर्नेक्रममा झडप भएको जनाएको छ । झडपका क्रममा २० वर्षीय रोशन जीसीमाथि ढुंगा प्रहार भएको जनाइएको छ ।
उनको राति अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको भनाइ छ ।‘तीजको नाच हेर्नेक्रममा कुटपीट हुँदा एक पुरुषको ज्यान गएको छ ।
उनको उपचारका लगि अस्पताल लैजाने क्रममा मृत्यु भएको भन्ने आएको छ,’ सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले भने । घटनामा संलग्न रहेको भन्ने आधारमा चार जनालाई पक्राउ गरिएको पनि जनाइएको छ ।
