महाअभियोग समितिमा बयान दिन पुगे चोलेन्द्र

 संवाददाता    २०७९, १५ भाद्र बुधबार १२:३६     114 जनाले पढ़िसके



Spread the love

काठमाडाैँ । निलम्बित प्रधान्यायाधीश चोलेन्द्रशमशेर जबरा सिंहदरबार पुगेका छन् । आफूविरुद्ध लागेकाे आराेपहरूबारे जवाफ दिन उनी त्यहाँ पुगेका हुन् । उनीसँग महाभियाेग सिफारिस समितिले बयान लिँदैछ ।

उनलाई संसद् सचिवालयका मर्यादापालकहरूले सुरक्षा दिँदै भित्रसम्म पुर्‍याएका छन् । उनलाई संघीय संसद्का महासचिवको कार्यकक्ष नजिकको कक्षमा राखिएको छ । समितिको बैठक अब केहीबेरमा शुरू हुने समितिका सदस्यले बताए ।

गत फागुन १ गते सत्तारुढ सांसदहरूले महाभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए । उनकाे आज समितिले बयान लिँदै छ । उनलाई विभिन्न २१ आरोप लगाएर ९८ सांसदहरुले महाअभियोग दर्ता गरेका थिए। समितिले उनलाई आराेपहरूबारे प्रश्न गर्नेछ । जसकाे जवाफ उनले लिखित एवम् माैखिकरूपमा दिने सूत्रहरूले बताएका छन् ।