जनताले दुःख पाउनु भएन – मन्त्री चौधरी

 संवाददाता    २०७९, १४ भाद्र मंगलवार २०:०१     96 जनाले पढ़िसके



Spread the love

काठमाडौँ,
सहरी विकास मन्त्री मेटमणि चौधरीले आयोजना सञ्चालन गर्दा जनताले दुःख पाउन नहुने धारणा राखेका छन।

सैंबु नख्खुडोल जग्गा एकीकरण आयोजनाको नव निर्मित सामुदायिक भवनको उद्घाटन गर्दै मन्त्री चौधरीले भने , ‘समयमै निर्माण कार्य नसकिँदा जनताले अनेक खाले समस्या झेल्नुपरेको छ । आयोजनाहरू जनताको मनोविज्ञान बुझेर सञ्चालन गर्नुपर्छ, जसले गर्दा जनताले लाभ लिन सकुन् । जनताले दुःख पाउनु भएन ।’

आयोजनाको योजना बुन्दा जनतालाई हुने लाभ हेरिनुपर्नेमा जोड दिएका मन्त्री चौधरीले सबै पक्ष जिम्मेवार भएर आयोजना सम्पन्न गर्न एक जुट हुनुपर्ने धारणा राखेका थिए। उक्त कार्यक्रममा मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंह, महानिर्देशक सुरेन्द्र मोहन श्रेष्ठ, काठमाडौँ विकास प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकाल लगायतको उपस्थिति थियो ।