काठमाडौँ । अनुमतिबीना बनाइएका घर-टहरा भत्काउने अभियानलाई काठमाडौँ महानगरपालिकाले निरन्तरता दिएको छ । बिहान भोटाहिटी-रत्नपार्कको अण्डरपास (सब-वे) माथिका अवैध संरचना पूर्ण रुपमा हटाएको महानगरको न्युरोडको सुरज अर्केडमा पुगेको छ ।
अर्केडमा बनाएको अनधिकृत सरचना भत्काउन नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा दुई वटा डोजर पठाइएकाे महानगरले जनाएकाे छ । बिहान भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना पूर्ण रुपमा हटाइएकाे छ ।
महानगरले ठेक्का दिएको ठेकदारले थपेको संरचना अवैध ठहर भएपछि भत्काएको हो । यो सब-वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका थिए ।