एमाले केन्द्रीय कमिटीमा आज ओलीको प्रतिवेदनमाथि छलफल हुँदै

 एमाले     २०७९, ११ भाद्र शनिबार ११:११     122 जनाले पढ़िसके



Spread the love

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा आज अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने भएको छ।

राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न नौ समूह विभाजन गरिएको छ। प्रतिवेदनमा समूहगत छलफलपछि अध्यक्ष ओलीले आजै जवाफ दिने र केन्द्रीय कमिटी बैठक सकिने बताइएको छ।

एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि पार्टी कार्यालय ललितपुर च्यासलमा सुरु भएको छ। आजको बैठक बिहान साढे १० बजे बाट सुरु भएको छ।बैठकमा अध्यक्ष ओलीले नागरिकता, गठबन्धन सरकार, पालिका चुनावदेखि मंसिरमा हुने सङ्घ र प्रदेशको चुनावी तयारीसम्मका विषय समेटेर प्रतिवेदन पेस गरेका छन्। प्रतिवेदनमा पालिका चुनावको परिणाम बिर्सेर आउँदो चुनावको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिइएको छ।