गठबन्धनको साझा उम्मेदवार मै हुँ : शहरी विकास मन्त्री मेटमणी चौधरी

 #नेकपा एकीकृत समाजवादी     २०७९, १० भाद्र शुक्रबार १८:२३     138 जनाले पढ़िसके



Spread the love

दाङ, देउखुरी
नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं शहरी विकास मन्त्री मेटमणि चौधरीले दाङ क्षेत्र नम्बर १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताएका छन् ।
क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गृह जिल्ला आइपुगेका मन्त्री चौधरीले पार्टी स्थापना भएको भर्खरै १ वर्ष मात्र पुगेकाले अझै पनि पार्टी निर्माण गर्न, नयाँ साथीहरुलाई पार्टी प्रवेश गराउन र उचित जिम्मेवारी दिन ध्यान दिनुपर्ने बताए ।
राप्ती करिडोर शिलान्यास भइसकेकाले अब डिपिआरको थप प्रक्रिया अघि बढ्ने बताएका सहरी मन्त्री चौधरीले महदेवाबाट भारतको पचफेडवा बजार जोड्ने बाटो, सिर्सिया नाका खोल्ने लगायतका योजनालाई आफूले प्राथमिकतामा राखेको बताउँदै भने, ‘तपाईँहरु चुनावको तयारीमा लाग्नुस् । केही समस्या भए भन्नुस् । यति बुझ्नुस् कि यस क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार मै हुँ ।’
कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय अनुशासन आयोगका सदस्य विर बहादुर केसी, केन्द्रीय कमिटी सदस्य शारदा श्वर्णकार, जिल्ला अध्यक्ष शुरामणि बेल्बासे लगायतले निर्देशनात्मक मन्तव्य राखेका थिए ।