एमाले पोलिट्ब्युरो बैठक आज बस्दै

 एमाले     २०७९, ९ भाद्र बिहीबार ०८:३८     120 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – नेकपा एमालेको पोलिट्ब्युरो बैठक बिहीबार बस्दै छ।बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजेबाट सुरु हुने प्रचार विभागका प्रमुख विष्णु रिजालले बताएका छन्।उनका अनुसार आजकाे बैठकमा अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि सुरु हुने केन्द्रीय कमिटिको पाँचौ बैठकमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन बारे जानकारी दिनेछन्।