देउवा र ओली बिच वालुवाटारमा भेट

 संवाददाता    २०७९, ८ भाद्र बुधबार १०:१८     118 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र ओलीबिच भेट भएको हो।

आज दुई नेताबिच भेटने समय तय भएपछि ओली बालुवाटार पुगेको ओलीको सचिवालयले जनाएको छ। केहि समययता एमालेले राष्ट्रिय मुद्दाका विषयमा देउवाले प्रतिपक्षी दलसँग छलफल नै नगरेको भन्दै विरोध जनाउँदै आएको थियो।

यस्तै, नागरिकता विधेयकका बारेमा पनि एमालेले विरोध जनाइरहेको छ। प्रतिनिधि सभामा उक्त विधेयकमाथि एमालेले मत विभाजन माग गरेको थियो। प्रधानन्यायधीश चोलेन्द्र शम्शेर जबराको महाअभियोग माथि पनि एमालले सभामुख अग्निप्रसाद सापकोले प्रष्ट्याउनुपर्ने अडान राख्दै आएको छ। ओलीले समसामयिक छलफलका लागि देउवासँग कुराकानी गर्न खोजेको उनको सचिवलायले जनाएको छ।

‘समसामयीक राजनीतिका बारेमा कुराकानी गर्न जानु भएको हो,’सचिवालयले भन्यो।