नेपाली कांग्रेस मधेश प्रदेशका नेता एवम महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री बिरेन्द्र प्रसाद सिंह सर्लाहीको क्षेत्र न ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिने चर्चा चलेको छ । पछिल्लो समय युवाहरु माझ निकै लोकप्रिय बनेका महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्री सिंहले सर्लाहीको क्षेत्र न ४ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिनु पर्ने चौतर्फी दबाब बढेको हो ।
मधेस प्रदेशमा खेलकुद सामाग्री वितरण,विभिन्न खेलकुद प्रतियोगिताको आयोजना,खेलकुद मैदान,जिम हल निर्माण र सामाग्री वितरण,महिला हिंसा र बालबिवाह न्यूनीकरणका लागि विभिन्न सामाजिक र सास्कृतिक कार्यक्रमको आयोजना गरी अतुलनीय भुमिका खेल्दै आएका मन्त्री सिंहले गृह जिल्ला सर्लाहीको क्षेत्र न (४) को चौतर्फी विकासका लागि विभिन्न पुर्वाधार निर्माण गराएका भन्दै स्थानीय उत्साहित भएर मन्त्री सिंहलाई उम्मेदवारी दिन दबाब दिन थालेका मन्त्री सिंहका स्वकीय सचिव निकेश त्रिपाठीले जानकारी दिए ।
मन्त्री सिंहले छुवाछूत,जातजाति नहेरी सबै जाति,वर्ग,समुदाय,धनी गरिव सबैलाई सम्मान गरी क्षेत्र न (४) लाई विकसित बनाउन विभिन्न योजनाको शिलान्यास गर्न कम्मर कसेर लागेपछि क्षेत्र न (४) बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारी दिन आफुहरुले माग गरेको स्थानिय राम देव यादवले बताए ।
पार्टीले टिकट दिएको खण्डमा जनताको चाहाना र आवश्यकतालाई मध्य नजर गर्दै आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा क्षेत्र न (४) बाट आफ्नो उम्मेदवारी रहने मन्त्री सिंहले बताए । उनले भने “क्षेत्र नं (४) का स्थानियको माग छ सोही माग अनुसार पार्टीले आफुलाई क्षेत्र नं (४) बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारको टिकट दिएमा जितेर देखाउँछु ।”
मन्त्री सिंह नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भई हाल महिला,बालबालिका,युवा तथा खेलकुद मन्त्रीमा बहाल रहेका छन् । उनले मन्त्री भएको समयमा गरेका सामाजिक कामको स्थानियले राम्ररी मुल्यांकन गरेका मन्त्री सिंहका स्वकीय सचिव त्रिपाठीले बताए ।