चुनावी तयारीबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक आज बस्दै

 एमाले     २०७९, ७ भाद्र मंगलवार १३:१४     73 जनाले पढ़िसके



Spread the love

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र भावी रणनीतिबारे छलफल गर्न एमाले स्थायी कमिटी बैठक मंगलवार शुरू भएको छ । मुख्यत मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको तयारीबारे छलफल गर्न स्थायी कमिटी बैठक बसेको हो । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज र भोलि बस्ने स्थायी कमिटी बैठकले चुनावी रणनीति बनाउने नेताहरूले बताएका छन् । स्थायी कमिटीलगत्तै भदौ ९ गते पोलिटब्युरो तथा १० र ११ गते केन्द्रीय समिति बैठक बस्दैछ । बैठकको शुरुमा अध्यक्ष केपी शर्मा ओलीले चुनावमा एमालेको रणनीतिबारे मन्तव्य राख्ने एक नेताले बताए । राप्रपालगायत केही दलसँग चुनावी तालमेलको विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।