सिट बाँडफाँटका लागि सत्ता गठबन्धनका शीर्ष नेताहरु र कार्यदलको बैठक बस्दै

 गठबन्धन     २०७९, ७ भाद्र मंगलवार १२:५३     129 जनाले पढ़िसके



Spread the love

काठमाडौं । संघ र प्रदेश निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै छ ।

कृष्ण प्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलसहित शीर्ष नेताहरु बैठक बस्न लागेका हुन् । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको कार्य दलका एक सदस्यले जानकारी दिए ।भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने शीर्ष नेताहरुको तयारी छ ।