काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आग्रहमा प्रतिनिधि सभा बैठक स्थगित भएको छ । एमालेको अनुरोधपछि प्रतिनिधि सभा बैठक एक साताका लागि स्थगित भएको हो ।
नेकपा एमालेले सभामुख अग्नि प्रसाद सापकोटा समक्ष आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै सो अनुरोध गरेको हो । यसबीचमा एमालेले प्रतिनिधि सभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेपछि बैठक सारिएको हो ।एमालेको आग्रह अनुसार प्रतिनिधि सभा बैठक यही भदौ १३ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । फोटो : फाइल