सभामुख , समाजवादी अध्यक्ष नेपाल र डा. भट्टराईद्दारा माल्यार्पण गर्दै गिरीप्रति श्रद्दान्जली

 संवाददाता    २०७९, ५ भाद्र आईतवार १४:१७     97 जनाले पढ़िसके



Spread the love

काठमाडाैं, सभामुख अग्निप्रसाद सापकोटाले नेपाली कांग्रेसका दिवङ्गत नेता प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको गिरीको पार्थिव शरीरमा माल्र्यापण गरी सभामुख सापकोटाले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको हो। स्वर्गीय गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, ऊर्जा तथा जलस्रोतमन्त्री पम्फा भुसाल सानेपा पुगेका थिए।

श्रद्धाञ्जलीपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले गिरीको निधनले मुलुकले सिद्धान्त, निष्ठवान र अध्ययनशील व्यक्तित्व गुमाएको बताए।

उनले भने, ‘प्रदीपजीले तुलनात्मक अध्ययन गरेर समाजवाद नै उत्कृष्ट व्यवस्था हो भन्ने निर्क्याेल गर्नुभयो। नेपाली राजनीतिप्रति चिन्ता व्यक्त गर्नुहुने उनले समाजवादी शक्तिलाई अघि बढाउन योगदान पुर्‍ याउनुभएको छ।’

नेपाली राजनीतिमा प्रखर वक्ताका रुपमा स्थापित गिरीको उपचारका क्रममा गएराति निधन भएको थियो। उनीप्रति श्रद्धाञ्जली अपर्ण गर्न पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ता र शुभेच्छुकको घुइँचो लागेको छ।

उनको पार्थिव शरीर अस्पतालबाट केहीबेरअघि पार्टी कार्यालय पुर्‍याइएको हो। गिरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ।