प्रदिप गिरीको निधनले संसद बैठक स्थगित, अर्को बैठक सोमबार बस्ने

 #प्रतिनिधी सभा वैठक     २०७९, ५ भाद्र आईतवार १३:३०     143 जनाले पढ़िसके



Spread the love

काठमाडौं । आज बिहान ११ बजेटबाट सुरु हुने भनिएको प्रतिनिधि सभा बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीको हिजो निधन भएको कारण आज संसद बैठक स्थगित गरिएको हो । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले आज एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएका हुन् ।

बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम बैठक सोमबारलाई सारिएको उनले जनाएका छन् । प्रतिनिधि सभाको अर्को बैठकल सोमबार दिउँसो १ बजे बस्ने जनाइएको छ ।