एकीकृत समाजवादी पार्टीले आँउदो चुनावको लागि प्रतिनीधि सभा र प्रदेश सभामा उठने उम्मेदवारको टुंगो भाद्र २० गतेभित्र लगाउने भएको छ। आज बसेको सचिवालय वैठकको निर्णय सार्वजनिक गर्दै महासचिव वेदुराम भुसालले सो जानकारी दिएका हुन। पार्टीले मातहतका क्षेत्र, जिल्ला हुँदै प्रदेश कमिटिलाई भाद्र १५ गतेभित्र नाम सिफारिस गर्न निर्देश्न पनि गरेको भुसालले जानकारी दिए।