एमालेविरुद्ध बनेको गठबन्धन देशद्रोही : ओली

 एमाले     २०७९, १ भाद्र बुधबार १७:१७     105 जनाले पढ़िसके



Spread the love

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनलाई देशद्रोहीको संज्ञा दिएका छन् । देश बनाउने उद्देश्य पूरा हुन नदिन एमालेविरुद्ध अनेक थरी तत्व जोडिएर गठबन्धन बनेको उनको टिप्पणी छ ।

बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले सत्ता गठबन्धन देशद्रोही भएको आरोप लगाएका हुन् ।

‘देश बनाउने उद्देश्य पूरा हुन नदिन एमालेको विरुद्ध अनेक थरी तत्व जोडिएका जोडियै छन् । यो जोडाइ गठबन्धन रे, कस्तो नराम्रो नाम,’ ओलीले भने, ‘नेपालमा भएको गठबन्धन देशद्रोही गठबन्ध हो, एमसीसीलाई पत्र लेख्छ, अनि ढाँट्छ । लाज शरम नभएका ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति लक्षित गर्दै सपनामा भेटेको व्यक्तिलाई फलानोसँग भेटेँ भन्दै हिडेको टिप्पणी गरे ।

‘फलानोसँग भेटेँ, पछि सपनामा भेटेको थिएँ । सपनामा दोस्ती होला, सपनामा त कस्तो कस्तो देखिन्छ,’ ओलीले टिप्पणी गरे । फोटो : फाईल