माओवादी स्थायी कमिटी बैठक आज बस्दै

 संवाददाता    २०७९, ३० श्रावण सोमबार १२:१९     91 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो ।

बैठकमा आगामी मंसिर ४ गते हुने संघीय र प्रदेशसभा निर्वाचनको तयारीका बारेमा छलफल हुने अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । ‘आज १ बजे बैठक बस्नेछ, यो नियमित बैठक हो’ मल्लले भने ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक संघीय संसद्मा नै थप छलफलका लागि फिर्ता पठाएको भोलिपल्ट माओवादीले स्थायी समिति बैठक बोलाएकाले सोबारेमा पनि छलफल हुनेछ ।