नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमप्रति महन्थ ठाकुरको आपत्ति

 संवाददाता    २०७९, २९ श्रावण आईतवार २२:०३     116 जनाले पढ़िसके



Spread the love

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति आपत्ति जनाएका छन् ।

दुवै संसदले पारित गरिसकेको विधेयकलाई राष्ट्रपतिले फिर्ता बोलाउनु सम्पूर्ण जनताको अपमान भएको भन्दै उनले पार्टीका तर्फबाट सो कदमको घोर भर्त्सना गरेका छन् ।
राष्ट्रपति भण्डारीले लाखौँ जनतालाई राज्यविहीन बनाउने षड्यन्त्र गरेको उनको आरोप छ ।

यस विषयमा सोमबार बस्ने लोसपाको बैठकले आवश्यक निर्णय लिने अध्यक्ष ठाकुरले बताए । नागरिकताले नागरिकलाई देशसँग जोड्ने, तर राष्ट्रपतिले त्यसलाई तोड्न खोजेको आरोप लगाए । फोटो : फाइल