काठमाडौंको फोहोर उठाउन सरकारको ध्यानाकर्षण गराउने सत्ता गठबन्धनको निर्णय

 संवाददाता    २०७९, २९ श्रावण आईतवार १८:१५     98 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — सत्ता गठबन्धनको बैठकले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका नेताहरूको बैठकले फोहोर उठाउन र महँगी नियन्त्रण गर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

‘काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर उठाउन र मूल्यवृद्धि नियन्त्रणमा सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ,’ नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले भने ।

काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने गरिएको नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बन्चरेडाँडामा स्थानीयले अवरोध गरेपछि सडकमा फोहोर थुप्रिएको छ । लामो समयसम्म फोहोर सडक हुँदा शहरमा दुर्गन्ध फैलिएको हो ।