काठमाडौँ । आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा नेपाल समाजवादी पार्टी सत्ता साझेदार नेकपा माओवादी केन्द्रकै चुनाव चिह्न र साझा घोषणा पत्रबाट लड्ने निश्चित भएको छ ।
आइतवार बिहान खुमलटारमा माओवादीका अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएपछि यस्तो सहमति भएको हो । यसको औपचारिक घोषणा भने भोलिसम्म हुने बताइएको छ ।