काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले आफ्नो सबैभन्दा ठूलो चुनौती नै नेताहरुलाई के गरी मिलाउने भन्ने रहेको बताएका छन्।
शनिबार पोस्टबहादुर बोगटी स्मृति प्रतिष्ठानको साधारण सभामा सम्बोधन गर्दै उनले माओवादीका नेताहरु एकले अर्कोलाई खुट्टा तानातान गरिरहेको बताए।
‘अध्यक्षको रुपमा नेताहरुलाई के गरी मिलाउने भन्ने चुनौती आजको सबैभन्दा ठूलो भएको मैले देख्छु। नेताहरु मात्रै मिलाउन सक्ने र एक ढिक्का भएर यो पार्टीलाई फेरि नेतृत्वमा स्थापित गर्ने हो भन्ने हो भने जनतामा दुःख छैन। तराई मधेसमा यो बीचमा हजारौंको संख्यामा अरु पार्टीका बुद्धिजीवीहरु, नेता कार्यकर्ताहरु पार्टीमा प्रवेश गरेका छन्’, उनले भने, ‘हाम्रै पार्टीका नेताहरु एकले अर्कालाई के गरी खुट्टा तान्ने हो, के गरी हराउने हो भन्नेमा तँछाडमछाड, मारामार छ।