कांग्रेसको चुनाव केन्द्रीत देशव्यापी अभियानको समय हेरफेर

 काँग्रेस     २०७९, २८ श्रावण शनिबार १२:१२     115 जनाले पढ़िसके



Spread the love

सत्तारुढ नेपाली कांग्रेसले आसन्न चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर गरेको छ।

केन्द्रीय कार्यालय सानेपामा शनिबार बिहान बसेको कार्यसम्पादन समिति बैठकले चुनाव केन्द्रीत देशव्यापी अभियानको समयावधि हेरफेर गरेको हो। बैठकले चुनाव केन्द्रीत अभियान आगामी भदौ १० देखि २४ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री जीवन परियारले जानकारी दिए।यसअघि साउन २३ गते बालुवाटारमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले भदौ २ देखि २४ सम्म अभियान सञ्चालन गर्ने सहमति जुटाएको थियो।

महामन्त्री गगन थापाका अनुसार निर्वाचन केन्द्रित अभियानका लागि सबै केन्द्रीय सदस्यहरुलाई जिल्ला–जिल्ला खटाइने छ।

कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि साउन ३० र ३१ गते अभिमुखिकरण कार्यक्रम गर्दैछ।