नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई कोरोना संक्रमण

 #नेकपा एकीकृत समाजवादी     २०७९, २६ श्रावण बिहीबार २१:४९     116 जनाले पढ़िसके



Spread the love

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ।

कोभिड–१९ परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको अध्यक्ष नेपालले जानकारी दिएका छन्। सामान्य लक्षण देखिएकाले घरमै आराम गरिरहेको र केही दिनका लागि भेटघाटका कार्यक्रम स्थगित गरिएको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

“आज गरिएको परीक्षणमा कोरोना संक्रमण देखिएको छ। अहिले सामान्य लक्षण सहित घरमै आराम एवम् स्वास्थ्यलाभ गरिरहेको छु” उनले सामाजिक सञ्जालमा ट्विटरमा लेखेका छन्, “स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको कुरा सबैमा सविनय अनुरोध छ।”