एमालेले गठन गर्‍यो ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी

 एमाले     २०७९, २६ श्रावण बिहीबार १८:३२     101 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचलान कमिटी गठन गरेको छ।

आउँदो ४ मंसिरसमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुने भएपछि एमालेले अध्यक्ष ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो।

च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय सचिवालय बैठकले ओलीको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

परिचालन कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष र महासचिवहरूका साथै पार्टीका प्रदेश कमिटी अध्यक्ष, केन्द्रीय विभागका सचिवहरू रहने उनले जानकारी दिए।