पद र पैसाका लागि नेताहरू जस्तोसुकै कुकर्म गर्न थाले : माधव नेपाल

 #नेकपा एकीकृत समाजवादी     २०७९, २६ श्रावण बिहीबार १६:१२     121 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले अहिले राजनीतिक नेतृत्व पैसा र पदको लागि अहिले लागिपरेको टिप्पणी गरेका छन्।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली राजनीति र कम्युनिष्ट आन्दोलनमा व्याप्त व्यक्तिवाद अन्त्य गर्नुपर्ने बताएका हुन्।

उनले भने, ‘म’ बाट सुरु गर्ने प्रवृत्ति व्याप्त छ। म ले पाइनँ भने जस्तोसुकै कुकर्म गर्न तयार हुन्छन्। गुटबन्दी गर्न थाल्छन्, त्यसपछि अनेक जालझेल र षडयन्त्र गर्न थाल्छन् पदका निम्ति, पैसाका निम्ति, आफ्नो स्वार्थ र परिपूर्तिका निम्ति लाग्छन्।’

सिद्धान्त र आदर्शप्रति समर्पित हुने भएर जनभावनाअनुसार काम गर्न सक्नुपर्ने बताए। उनले कम्युनिष्टबाहेक अन्य पार्टीलाई जनताले आश नगरेका समेत बताए।

उनले जनताको माझमा गएर समस्या समाधान गर्न आग्रह गरे। फोटो : फाईल