सर्लाहीको हरिवनमा कारकाे ठक्करबाट माेटरसाईकल चालक ढुंगेलकाे मृत्युु

 #दुर्घटना Madhesh Pradesh     २०७९, २५ श्रावण बुधबार १६:४९     113 जनाले पढ़िसके



Spread the love

सर्लाहीको हरिवन नगरपालिका ९ नयाँ राेड स्थित पूर्व पश्चिम लाेकमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएकाे छ ।हरिवन नगरपालिका ९ नयाँ राेड स्थित पुर्व पश्चिम लाेकमार्गमा कारकाे ठक्कबाट घाईते भएका माेटरसाईकल चालककाे उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ आईरहेको ना. ३३ प २२९५ नम्बरको मोटरसाईकल विपरित दिशाबाट आएकाे बा.७ च ९२२२ नम्बरको कारले ठक्कर दिँदा हरिवन नगरपालिका ११ का ३८ वर्षीय गुरुप्रसाद ढुंगेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी गम्भिर घाईते भएका ढुंगेलको बिरगंजमा उपचारको क्रममा मृत्यु भएको हाे ।
ढुंगेल हरिवन बजारस्थित घरबाट करिब साढे एघार बजे खाना खाएर नयाँरोड पसलमा जाने क्रममा दुर्घटनामा परेका थिए । मृतक ढुंगेल नयाँरोडमा पशुपती मोटर पार्ट्स संचालक हुन् । घटनामा संलग्न कार र कार चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । मृतकको शव बिरगंजमै पोष्ट मार्टम गरी सर्लाही ल्याउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।