गठबन्धनमा सिट बाँडफाँडबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै, वैठक गगनको अध्यक्षतामा

 काँग्रेस     २०७९, २५ श्रावण बुधबार १३:०४     113 जनाले पढ़िसके



Spread the love

काठमाण्डु – आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँडबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै छ । बिहीबार बस्ने सिट बाँडफाँटसम्बन्धी कार्यदलको बैठकमा प्रस्तुत हुने विषयमा छलफलका लागि बुधबार कांग्रेसको पदाधिकारी बैठक सानेपामा बस्न लागेको हो।

त्यसअघि आन्तरिक तयारीस्वरूप कांग्रेस पदाधिकारी बैठक आज बस्न लागेको हो। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । सो बैठकले २२ दिने चुनावी अभियान र दुई दिने जनप्रतिनिधिको अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको थियो ।कांग्रेसमा सिट बाँडफाँड विषय निकै पेचिलो बनेको छ । १६५ मध्ये करिब १०० सिट आफूलाई राख्न सभापति शेरबहादुर देउवामाथि ठूलो दबाब छ । तर, गठबन्धनमा आबद्ध माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, राजमो कांग्रेस उदार भएर प्रस्तुत हुनुपर्ने बताउँदै आएका छन् । प्रधानमन्त्री लगायत वरिष्ठ नेता उपस्थित नहुने भएको कारण वैठक गगन थापाको अध्यक्षता मा बस्दै।