नेपालका परराष्ट्र मन्त्री र उनका चिनियाँ समकक्षीबीच आज वार्ता हुने

 संवाददाता    २०७९, २५ श्रावण बुधबार ०९:५८     107 जनाले पढ़िसके



Spread the love

काठमाडौँ । नेपाल र चीनका परराष्ट्र मन्त्रीहरूबीच आज वार्ता हुने भएको छ। चीनको भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले चिनियाँ समकक्षी वाङ यीसँग आज द्विपक्षीय वार्ता गर्न लागेका हुन् ।

चीनको छिङताओ सहरमा हुने वार्तामा नेपाल–चीन सम्बन्धका विभिन्न विषयबारे छलफल हुने बताइएको छ। नेपाली प्रतिनिधि मण्डलमा परराष्ट्रसहित, गृह, भौतिक पूर्वाधार, वाणिज्य र अर्थ मन्त्रालयका उच्च अधिकारी सहभागी छन्।नेपाली टोलीको सम्मानमा चिनियाँ विदेश मन्त्री यीले आजै भोजको आयोजना पनि गर्दैछन् । परराष्ट्र मन्त्री खड्कासहितको टोली बिहीबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।