रौतहट पुगेर ओलीले भने- अब एमालेको सरकार बन्छ

 एमाले     २०७९, २३ श्रावण सोमबार २०:४५     127 जनाले पढ़िसके



Spread the love

काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेको सरकार बन्ने दाबी गरेका छन्। रौतहटमा सोमबार आयोजित सभालाई सम्बोधन गर्दै उनले सबै जना मिलेर एमालेको सरकार बन्ने बताए।

‘एमालेको सरकार बन्छ। हामी सबै लागे किन बन्दैन एमालेको सरकार?’ उनले प्रश्न गर्दै भने, ‘एमालेको सरकार नहुँदा तपाइँहरुलाई थाहै छ, यहाँका सयौं योजनाका काटिएका छन्। शिक्षा, खानेपानी, बाटोघाटोलगायत अनेकन योजनाहरु काटिएका छन्।’ उनले देशलाई बर्बादीबाट बचाउनका लागि एमालेको सरकार बन्नुपर्ने बताए।

उनले आउँदो चुनावमा गठबन्धन भनिने दलहरुलाई पराजित गर्नुपर्ने बताए। ‘भ्रष्टाचारमा लिप्त, खान पल्केको, सत्ता नभइ नहुने ती दलहरुलाई पराजित गर्नुपर्छ,’ उनले भने।

उनले अरु पार्टीका नाडी र सास चलेसम्म एमालेले पार्टी प्रवेश कार्यक्रम निरन्तर राख्ने बताए। ‘तपाइँहरु एमालेमा प्रवेश गरेर पछुतो नमान्नुस्। बरु अहिलेसम्म एमालेमा प्रवेश नगरेर गल्ती भएको महसुस गर्नुहुन्छ। एमालेले तपाइँहरुलाई आवश्यक जिम्मेवारी तोक्छ,’ उनले भने, ‘जबसम्म अरु पार्टीका नाडी छाम्दा चलिरहन्छ तबसम्म एमालेले पार्टी प्रवेश कार्यक्रम गरिरहन्छ। नाक छाम्दा जबसम्म अरुक पार्टीका सास चलिरहन्छ। तबसम्म एमालेले पार्टी प्रवेश कार्यक्रम गरिरहन्छ।’