काठमाडौं : गृह मन्त्रालयले अपमानजनक शब्द प्रयोग गरी नागरिकता प्रमाणपत्र जारी नगर्न अनुरोध गरेको छ। मन्त्रालयले सोमबार विज्ञप्ती जारी गर्दै अपमानजनक शब्द प्रयोग नागरिकतामा व्यक्तिको नाम र थर जनाउने गरी प्रमाणपत्र जारी नगर्न अनुरोध गरेको हो।
यसअघि विभिन्न जिल्लाबाट जारी भएका नागरिकता प्रमाणपत्रमा अपमानजनक शब्द राखिएको प्रतिगृह मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ’ त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने।’