यस्ता छन हिजोको मन्त्री परिषदका निर्णय

 प्रधानमन्त्री     २०७९, २० श्रावण शुक्रबार १६:२९     106 जनाले पढ़िसके



Spread the love

काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद्‌को बैठकले १३ वटा निर्णय गरेको छ। प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मिति तोक्ने, सचिवहरुको बढुवादेखि सरुवा र नगरपालिकाको केन्द्र सार्ने निर्णय बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।

मन्त्रिपरिषद्‌को सहसचिव दिपक काफ्लेलाई सचिवमा वढुवा गरेको छ। त्यस्तै उनलाई लुम्विनी प्रदेशको प्रमुख सचिवमा पदस्थापना पनि गरेको छ। मन्त्रिपरिषद् बैठकले लेखा परीक्षण सेवाकी सहसचिव विन्दु विष्टलाई पनि सचिवमा वढुवा गरेको छ। उनलाई महालेखा परीक्षकको कार्यालयको उपमहालेखापरीक्षकमा पदस्थापना गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्‌को बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका (सचिव) यादवप्रसाद कोइरालासहित ६ जना अधिकृतको पनि सरुवा गर्ने निर्णय गरेको छ। बिहीबारकै मन्त्रिपरिषद् बैठकले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय समेत गरेको छ।