गृहमन्त्री खाँड र चिनियाँ राजदूत होउ यान्छीबिच भेट : खाँडले भने नेपाल एक चीन नीतिको पक्षमा छ

 संवाददाता    २०७९, २० श्रावण शुक्रबार १४:४६     105 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — गृहमन्त्री बालकृष्ण खाँडसँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेटघाट गरेकी छन् ।

गृह मन्त्रालयमा शुक्रबार बिहान भएको भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ बनाउनेबारे छलफल भएको हो ।

भेटमा गृहमन्त्री खाँडले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए । ‘नेपाल एक चीन नीतिको पक्षमा छ,’ गृहमन्त्री खाँडले भने, ‘नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ ।’ उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तमा अडिग रहेको पनि बताए । अन्य छिमेकी मुलक र चीनको शान्ति नेपालको हितमा रहेको गृहमन्त्री खाँडको भनाइ थियो ।

भेटमा राजदूत यान्छीले नेपालमा हुने विपद्को व्यवस्थापनमा चीन सहयोग गर्न तयार रहेको बताइन् ।

सरकारले बिहीबारमात्रै प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन घोषणा गरेकोमा चीनले खुसी व्यक्त गरेको राजदूत यान्छीले बताइन् । जनताको मतबाट प्रतिनिधि चुनिने व्यवस्थाको पक्षमा चीन सदैव रहने बताउँदै राजदूत यान्छीले जनमतबाट आउने नयाँ सरकारसँग चीन सहकार्य गर्न तयार रहेको बताइन् ।