चीन र ताइवानबिचको तनाव बारे बोल्यो परराष्ट्र मन्त्रालय

 संवाददाता    २०७९, २० श्रावण शुक्रबार १३:४९     115 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — अमेरिकी सभामुख नान्सी पेलोसीको भ्रमणपछि ताइवान क्षेत्रमा उत्पन्न भएको परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले सधैं ‘एक चीन नीति’को समर्थन गरेको बताइन् ।

‘पछिल्लो घटनाक्रमलाई हामीले नजिकबाट नियालिरहेका छौं । नेपालले ‘एक चीन नीति’को समर्थन गर्दै आएको छ । दुवै देशले एक अर्कोको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको समर्थन गर्दै आएको छ’ लम्सालले भनिन्, ‘नेपाल एक शान्तिपूर्ण राष्ट्र भएकाले अन्तर्राष्ट्रिय शान्तिको पक्षमा रहेको कुरा जानकारी गराउन चाहन्छौं ।’

अमेरिका सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो सर्वभौमिकतामाथिको आक्रमण भनेको छ । ताइवानको तटको नजिकै विभिन्न ५ दिने युद्ध अभ्यास सुरु गरेको छ ।