सरकारद्वारा यी सचिवहरु हेरफेर, मरासिनीको सरुवा प्रधानमन्त्री कार्यालय

 संवाददाता    २०७९, १९ श्रावण बिहीबार १९:१६     78 जनाले पढ़िसके



Spread the love

काठमाडौं । सरकारले सचिवहरूको सरुवा गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको हो ।

अर्थ मन्त्रीलाई असहयोग गरेर सरकारको बद्नाम गरेको आरोप लागेका अर्थ मन्त्रालयका अर्थसचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन पोखरेललाई पनि प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

सचिवमा बढुवा भएका दीपक काफ्लेलाई लुम्बिनी प्रदेशको प्रमुख सचिवमा पदस्थापन गरिएको छ ।

लुम्बिनीका सचिव डिल्ली शर्मालाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।

महिला बालबालिका मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको युवा तथा खेलकुद मन्त्रालयमा सरुवा भएको छ ।

राष्ट्रपति कार्यालयका सचिव तोयनारायण ज्ञवालीको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा भएको छ ।