श्री एयरलाइन्सको नेपालगन्ज बाट काठमाडौं उड्न लागेको जहाज आपत्कालीन अवतरण

 संवाददाता    २०७९, १९ श्रावण बिहीबार १०:५०     121 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपत्कालीन अवतरण गरिएको छ ।

जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि टेक अफ गर्‍र १० माइल उडेको जहाज पुन: विमानस्थलमा फर्काइएको हो ।नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाजको अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो ।अहिले जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा चालक दलका सदस्यसहित ७९ जना यात्रारत रहेको विमानस्थल स्रोतले जनायो। फोटो : फाइल