बागमती नहरमा डुबेर एक महिलाको मृत्यु

 मधेश प्रदेश     २०७९, १८ श्रावण बुधबार १९:२९     118 जनाले पढ़िसके



Spread the love

सर्लाहीको बागमती नगरपालिका वडा न-८ सोल्टी स्थित बागमती सिचाइको नहरको पानीमा डुबेर एक वृद्धाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बागमती नपा वडा न-१० ब्रह्मस्थान बस्ने लाल बहादुर परियारकी श्रीमती अन्दाजी ७२ वर्षीया फुलमाया परियार रहेको प्रहरीले बताएको छ।

मंगलबार बिहान खेतमा जान्छु भनि घरबाट निस्किएकी परियारको नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।