काठमाडौँ । मंसिर ४ मा प्रदेश तथा प्रतिनिधिसभाकाे चुनाव गर्न सत्तारूढ गठबन्धनभित्र सहमति भएकाे छ ।
गठबन्धनभित्र सहमति भएसँगै मन्त्रिपरिषद्ले बिहीवार यसबारेमा निर्णय गर्ने भएकाे छ ।
निर्वाचन आयोगले मंसिर २ गते चुनाव गर्न परामर्श दिएकोमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिर ४ गते चुनाव गर्ने प्रस्ताव गरेका थिए ।
यसअघि प्रधानमन्त्री देउवाका ज्याेतिषीले मंसिर ४ मा चुनाव गर्नु शुभ हुने बताउंदै आएका थिए । फोटो : फाइल