पोखरामा पहिरोले घर पुर्यो, एकको मृत्यु, दुई जना घाइते

 संवाददाता    २०७९, १६ श्रावण सोमबार ०८:२६     149 जनाले पढ़िसके



Spread the love

पोखरा । पोखरा महानगरपालिका ६ डिहिकोपाटनमा पहिरोले घर पुरिदा एक जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षा पछि घर माथिबाट आएको पहिराले एकतले टिनको छानो भएको घर पुरिदा सन्तोष सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् । सुनिताको पोखराको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते दुवैको अवस्था सामान्य छ ।

राती १ बजे तिर घर भत्किएपछि प्रहरीले उनीहरूलाई माटो फालेर निकालेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । पोखरामा अहिलेपनि भारी वर्षा भइरहेकाे छ । फोटो : फाईल