पहिरोको कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध

 संवाददाता    २०७९, १६ श्रावण सोमबार ०७:५०     108 जनाले पढ़िसके



Spread the love

मुग्लिन– पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उक्त सडकखण्ड अन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो ।अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिएका छन् । गए रातिदेखि उक्त क्षेत्रमा लगातार पानी परिरहेको छ । फोटो : फाईल