खोटाङ । खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेंढाइले जानकारी दिए ।
साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
उक्त भूकम्पले केही घरमा क्षति पुगेका समाचार प्राप्त भएको छ । क्षतिसम्बन्धी जानकारी लिने क्रम भइरहेको प्रजिअ सेंढाईले जानककारी दिए ।
भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।