अमेरिकी दूतावासले भन्यो- ‘एसपीपी सम्बन्धमा पत्र प्राप्त भइसक्यो’

 संवाददाता    २०७९, १३ श्रावण शुक्रबार १८:३९     87 जनाले पढ़िसके



Spread the love

काठमाडौँ — स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लाई नेपालले अस्वीकार गरेको भन्ने पत्र आफूलाई प्राप्त भइसकेको अमेरिकाले जनाएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासका पब्लिक अफेयर्स प्रमुख ग्यारेट विल्करसनले उक्त जानकारी दिएका हुन् ।

परराष्ट्रमन्त्री नारायण खड्काले प्रतिनिधिसभामा शुक्रबारै बोल्दै परराष्ट्र मन्त्रालयले साउन ९ मा एसपीपीमा सहभागी नहुने भन्दै अमेरिकी सरकारलाई पत्राचार गरिसकेको जानकारी दिएका थिए । मन्त्रिपरिषद्को असार ६ को बैठकले एसपीपीलाई अस्वीकार गर्ने निर्णय गरेको थियो । अमेरिकी दुतावासले भन्यो

‘हो, हामीले एसपीपीको सम्बन्धमा नेपाल सरकारबाट आधिकारिक लिखित सन्देश प्राप्त गरेका छौं । हामी एसपीपीमा सरकार (नेपाल) को निर्णयलाई बुझ्छौं र पूर्णरूपमा स्वीकार गर्छौं ।’

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले पनि अमेरिकालाई पत्राचार गरिसकेको बताइन् ।