प्रचण्ड र गृहमन्त्री खाणबीच भेटवार्ता, निर्वाचन मिति तोक्ने बारे छलफल

 संवाददाता    २०७९, १३ श्रावण शुक्रबार ०९:५७     102 जनाले पढ़िसके



Spread the love

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ताका लागि गृहमन्त्री बालकृष्ण खाण खुमलटार पुगेका छन्।भेटमा राष्ट्रिय राजनीति र समसामयिक विषयवस्तुबारे कुराकानी भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। सत्ता गठबन्धनमा रहेको माओवादीसँग बिहीबार मात्रै पास भएको नागरिकता विधेयक, निर्वाचन मिति घोषणा लगायतका विषयमा कुराकानी भएको बताइएको छ। प्रचण्डले केही दिनमै निर्वाचनको मिति घोषणा हुने बताउँदै आएका छन्। गृहमन्त्री खाणले बिहीबार साँझ माओवादी नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरासँग पनि पनि उनकै निवास पुगेर कुराकानी गरेका थिए।