नय शक्ति पार्टी उपेन्द्रसँग विलय गरेका बाबुरामले नेपाल समाजवादी पार्टी दर्ता गरे

 संवाददाता    २०७९, १२ श्रावण बिहीबार १९:१७     96 जनाले पढ़िसके



Spread the love

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ।

निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो।समावेशी लोकतान्त्रिक पार्टी बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो।

समावेशी लोकतान्त्रिक पार्टीको विधान पुनर्लेखन गरी अद्यावधिक गरिएको छ ।चुनाव चिन्ह भने खुलेको एक आँखालाई नै निरन्तरता दिइएको छ। यो चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो। यस अघि उनको नयाँ शक्ति पार्टी उपेन्द्र यादवसँग समायोजन गरेका उनी उपेन्द्र यादवसँग पछिल्लो समय विचार नमिलेपछी अलग्गै पार्टी दर्ता गर्ने भन्दै अलग्गिएका थिए।