प्रचण्डले भने : एमालेसँग गठबन्धन हुँदैन

 #माओवादी     २०७९, १२ श्रावण बिहीबार १५:२७     188 जनाले पढ़िसके



Spread the love

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गठबन्धन वा तालमेल हुन नसक्ने प्रष्ट पारेका छन । आज बसेको स्थायी कमिटी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे धारणा राख्दै उनले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका हुन ।

सो क्रममा प्रचण्डले अहिलेको पाँच दलीय गठबन्धन नै चुनावसम्म कायम रहने भएकाले दायाँ बायाँ नसोच्न पनि नेताहरुलाई आग्रह गरे। यद्यपि एमाले बाहेकका वामपन्थीहरुको समाजवादी मोर्चा बनाउनेबारे भने छलफल चलिरहेको उनको भनाई छ ।

त्यसअघि बैठकमा नेताहरुले पाँच दलीय गठबन्धन, समाजवादी केन्द्र निर्माण,आगामी संघ र प्रदेशको चुनावी रणनीतिलगायत समसामयिक राजनीतिक विषयमा धारणा राखेका थिए । त्यस्तै, पदाधिकारी चयनबारे पनि नेताहरुले कुरा राखेको बताइएको छ ।

माओवादी स्थायी समिति बैठक भोलि पनि बस्नेछ ।