एक्लै हिँड्छु भन्ने मनोविज्ञान त्याग्नुस् : शहरी विकास मन्त्री मेटमणि चौधरी

 #नेकपा एकीकृत समाजवादी     २०७९, १० श्रावण मंगलवार १९:२१     117 जनाले पढ़िसके



Spread the love

 

काठमाडौँ
शहरी विकास मन्त्री मेटमणि चौधरीले एक्लै हिँड्छु भन्ने नसोच्न नव नियुक्त मेयर उपमेयरहरुलाई सचेत गराएका छन् ।
नगर विकास कोषको २०३ औँ बैठकमा प्रमुख अतिथिका रुपमा बोल्दै मन्त्री चौधरीले भने–खासगरि २०७० पछिको मनोविज्ञान सहकार्यको छ । विकासका काममा काङ्ग्रेस र कम्युनिष्ट नभनी काम गर्नु पर्ने अवस्था छ । तपाईँहरु जुन दलबाट निर्वाचित भएपनि म एक्लै हिँड्छु भन्ने लाग्या छ भने त्यो मनोविज्ञान त्याग्नुस् ।
नेपाल सरकार मन्त्री परिषदको २०७९ असार ३१ को निर्णय अनुसार नगर विकास ऐन ४३ बमोजिम संचालक समितिको सदस्यमा नियुक्त भएका सात प्रदेशका मेयर उपमेयर गरि सातै जनाको स्वागत तथा सपथ ग्रहण कार्यक्रममा मन्त्री चौधरीले दिर्नेशन दिँदै भने–एक्सन प्लान बनाएर काम गर्नुस् । प्रदेशकै प्रतिनिधित्व हुने गरि नगर विकासका योजनाहरु बनाउनुस् । विज्ञहरुको सल्लाहमा काम गर्नुस् ।
बहुपार्टी संस्कारलाई अँगाल्नुपर्ने बताएका मन्त्री चौधरीले सबैलाई मिलाउँदा मात्र नेता बन्न सकिने धारणा समेत राखेका थिए ।
कोषका अध्यक्ष एवं सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहको अध्यक्षतामा संचालित कार्यक्रममा प्रदेश १ बाट सूर्योदय गरपालिका प्रमुख रनबहादुर राई, मधेष प्रदेशबाट बोधिमाई नगरपालिकाप्रमुख प्रदिप कुमार यादव, बागमती प्रदेशको हेटौडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, गण्डकी प्रदेश अन्तर्गत पोखरा महानगरपालिकाबाट मेयर धनराज आचार्य, लुम्बिनी प्रदेशबाट लमही नगरपालिका प्रमुख जोगराज चौधरी, कर्णाली प्रदेशबाट आठविसकोट नगरपालिका उपप्रमुख धनकुमारी शाही र सुदूरपश्चिम प्रदेश अन्तर्गत लम्कीचुहा नगरपालिकाका प्रमुख सुशिला शाही र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट संचालक समितिमा आउनुभएका सहसचिव प्रभुराम विष्टलाई कोषका अध्यक्ष सिंहले स्वागत एवं सपथ गराएका थिए ।
कार्यक्रममा नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषको कार्यक्षेत्र, संचालन गरेका विकासका योजनाहरु, ऐन, नियम र समस्याबारे जानकारी गराएका थिए । कार्यत्रममा मन्त्रीका सचिवालय प्रमुख भूमाण्डप केसी र मन्त्रालयका अन्य कर्मचारीसमेतको उपस्थिति थियो ।
नगर विकास कोषमा १६ जनाको संचालक समिति रहने व्यवस्था रहेको छ ।