भदौ १ बाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रतिबन्ध

 संवाददाता    २०७९, १० श्रावण मंगलवार ११:४६     103 जनाले पढ़िसके



Spread the love

सरकारले ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोलामा प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । वातावरण विभागले एक सूचना प्रकाशित गरी भदौ १ गतेबाट ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, आयात, बिक्री, वितरण तथा प्रयोगमा कडाइ गर्ने भएको हो ।

सरकारको निर्णय विपरित ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकका झोला प्रयोग उत्पादन तथा बिक्री भएको पाइए वातावरण संरक्षण ऐन, २०७६ र वातावरण संरक्षण नियमावली, २०७७ बमोजिम कारबाही हुने विभागले जनाएको छ ।

यसअघि पनि सरकारले पातला प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाए पनि कार्यान्वयन हुन सकेको थिएन ।