जनार्दन शर्माले संसदीय छानविन समितिलाई भने बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न छैन

 #माओवादी     २०७९, ५ श्रावण बिहीबार ०९:५९     106 जनाले पढ़िसके



Spread the love

निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न नरहेको दाबी गरेका छन् । सोही विषयमा छानबिन गर्न बनेको संसदीय समितिलाई बिहीवार बिहान बयान दिँदै उनले अनधिकृत व्यक्ति संलग्न नरहेको बताएका हुन् ।

संसदीय छानबिन विशेष समितिको बैठकमा उनको बयान जारी छ । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई संलग्न गराई करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले २२ असारमा अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

सोही दिन सरकारले बजेट प्रकरणबारे छानबिन गर्न ११ सदस्यीय समिति गठन गरेको थियो ।

सो समितिले विभिन्न व्यक्तिहरूसँग सोधपुछ गर्ने क्रममा निवर्तमान अर्थमन्त्री शर्मासँग बिहीवार सोधपुछ गरेको हो ।