प्रधानमन्त्री शेरबहादुर देउवा भदौमा अमेरिका जाने तय

 प्रधानमन्त्री     २०७९, ५ श्रावण बिहीबार ०९:०२     103 जनाले पढ़िसके



Spread the love

राष्ट्रसङ्घको महासभा आगामी भदौ २८ (१३ सेप्टेम्बर) देखि अमेरिकाको न्युयोर्कमा सुरु हुँदै छ। त्यसमा नेपाल सरकारको उच्च नेतृत्वसहितको प्रतिनिधिमण्डलले सहभागिता जनाउने गरी तयारी सुरु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व अपेक्षित रहेको बताइन्। तथापि प्रधानमन्त्री नै जाने वा अरू कोही जाने भन्ने विषयमा मन्त्रिपरिषद्ले गर्ने औपचारिक निर्णय नै आधिकारिक हुने उनको भनाइ छ।

विगतमा प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण हुने भनेर गृहकार्य भए पनि भ्रमण हुन सकेको थिएन। त्यस बारे प्रवक्ता लम्सालले त्यो भ्रमण हुन दुवै पक्षको अनुकूलता नभएकाले सम्भव नभएको प्रस्ट पारिन्।