एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

 #नेकपा एकीकृत समाजवादी     २०७९, ४ श्रावण बुधबार ११:१२     113 जनाले पढ़िसके



Spread the love

काठमाडौँ – नेकपा एकीकृत समाजवादीले पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ ।

बिहान ११ बजेदेखि काठमाडौँको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ। अध्यक्ष माधवकुमार नेपाललगायत नेताले उक्त प्रशिक्षण दिनेछन्।सो प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, उपाध्यक्ष, जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुखहरु सहभागी हुनेछन्।